विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयको मुखारबिन्दुबाट आजदेखि कथा प्रवचन सुरु । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा यहि चैत्र २९ गते आज शुक्रबारबाट केहि दिन कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ । आज शुक्रबार बिहान ११ बजेबाट उनको प्रवचन शुरु हुने बताइएको छ ।
मानव सेवा फाउण्डेशनका अनुसार बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञ अन्तर्गत अहिले प्रचार प्रसारका कामहरु अगाडी बढेका छन महायज्ञको लागि मूल समिति र विभिन्न उपसमितिहरु समेत गठन गरि जिम्मेवारी तोकिएको छ ।
पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ। आयोजकले जानकारी दिएको छ l
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।














प्रतिक्रिया