काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार दिउँसो काठमाडौं ल्याइएको छ । उनलाई असमबाट झापाको चन्द्रगढी विमानस्थल हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पु¥याइएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पु¥याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाएपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । प्रसाईलाई काठमाडौं ल्याउन लागिएको सूचना पाएपछि धेरै मिडिया र राजावादी समर्थक त्रिभुवन विमानस्थलमा बिहानैदेखि भेला भएका थिए ।
तर प्रहरीले प्रसाईलाई सार्वजनिक हुनै दिएन । विमानस्थलमा ओर्लनेवित्तिकै प्रहरीको गाडीमा राखेर बाहिर निकालिएको थियो । प्रहरीले भने अर्को गाडीमा आउँदैछन् भने प्रसाईलाई कसैले नदेख्ने गरी निकालेको छ । प्रसाईंलाई आजै अदालत उपस्थित गराई अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ । प्रसाईविरुद्ध राज्यविरुद्धको कसुर र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया