फिल्म ‘पिताम्बर’ले आज बिहानैबाट देशभर सुखद ओपनिङ गरिरहेको छ । फिल्मका कलाकारहरु काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् ।
देशभरका १७० शोजमा रिलिज भएको यो फिल्म हेरेका अधिकांश दर्शकले नेपाली फिल्मको एक्सनमा देखिएको प्रगतीको तारिफ गरे ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्मको मेकिङ, एक्सन, कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।
दर्शकहरुले यस्तो नेपाली फिल्म बनेको खण्डमा विदेशी फिल्म हेर्न नपर्ने प्रतिक्रिया दिएका छन् ।
दर्शकहरुको प्रतिक्रियाबाट आफूहरु निकै उत्साहित भएको निर्देशक कृषा चौलागाइले बताइन् । उनले, दर्शकहरुको वर्ड अफ माउथका कारण नै फिल्मको व्यापार सुखद भइरहेको प्रतिक्रिया दिइन् ।
फिल्म हल पुगेका नायक प्रदिप खड्काले पनि उत्कृष्ट प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । यता, नायिका दिव्या रायमाझीले यस्तो भिड आफूले यसअघि नदेखेको भन्दै निकै खुशी लागेको तर्क गरिन् ।
विशाल चौलागाइको लगानीमा तयार भएको यो फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी, हिमाल केसीको एक्सन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।
५ करोडको बजेटमा बनेको यो फिल्मले भोलि शनिबार र नयाँ वर्षको दिनमा अझै बम्पर व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया