आजबाट एक्सन तथा प्रेमले भरिएको फिल्म ‘कर्मा’ रिलिजमा आएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म देशभरका करिब डेढ सय शोजहरुमा रिलिज भएको हो ।
दर्शकहरुले यो फिल्मलाई सुखद प्रतिक्रिया दिइरहेका छन् । फिल्मका कलाकारहरु आज बिहानैबाट विभिन्न हलमा पुगिरहेका छन् । फिल्मले एक्सन, ड्रामा र सस्पेन्सका साथ मनोरञ्जन दिएको भन्दै दर्शकहरुले तारिफ गरेका छन् ।
फिल्मको बुकिङ ठिकठाक भएपनि बिहानैबाट हलमा दर्शकको चाप राम्रो छ । फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल वुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ ।
फिल्ममा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, निमेष श्रेष्ठको सम्पादन छ ।
यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने देखिन्छ । शनिबार र नयाँ वर्षको दिनमा फिल्मको व्यापार अझै आक्रामक हुने प्रक्षेपण गरिएको छ ।
यो फिल्म विपिन कार्कीका लागि पनि महत्वपूर्ण छ । किनकी, विपिनले यसपटक आफूलाई एक्सनमा ढालेका छन् । जुन कुरा दर्शकले रुचाएको खण्डमा उनी एक्सन नायकको रुपमा जम्न सक्नेछन् ।
प्रतिक्रिया