फिल्म ‘के घर के डेराः घर नम्बर २’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । तर, नायक खगेन्द्र लामिछाने टिजरमा हाबी छन् ।
यो फिल्मको टिजरमा नेपालका निम्न बर्गीय परिवारले भोग्ने पीडालाई देखाइएको छ । फिल्मको टिजर हेर्दा खगेन्द्रले नै अभिनय गरेको फिल्म ‘पशुपति प्रसाद’को झल्को आउँछ ।
फिल्मले पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातनाको कथा भन्छ । जेठको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा खगेन्द्रको साथमा निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरुको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो । फिल्मलाई वुद्दि सागरले लेखेका हुन् ।
कृष्णबहादुर थापाको छायांकन रहेको फिल्ममा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी छ । युवराज कार्की फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया