दुर्गा प्रसाईलाई अदालत लगियो, १२ दिनसम्म म्याद थप गर्न प्रहरीको प्रस्ताव


काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतल लगिएको छ। शुक्रबार बिहान काँकडभिट्टाबाट नियन्त्रणमा लिएर उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी भ्यानमा हालेर सिधै काठमाडौं प्रहरी परिसर लगी राखिएको थियो ।

त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको हो। प्रहरीले कम्तीमा १२ दिनसम्म अनुसन्धान गर्ने गरी म्याद थप्न अदालतसँग प्रस्ताव गरेको छ ।

प्रसाईविरुद्ध आपराधिक उपद्रव एवं राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, प्रहरीलाई गाडीले किचेर ज्यान मार्न खोजेको, व्यक्तिको सम्पत्ति हानी नोक्सानी, चोरी लुटपाट डकैतीलगायतका कसुरमा मुद्दा चलाउने भएको छ ।