काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेको दस दिन पुगेको छ।
उनीहरूले लगातार माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्। शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर, बानेश्वर, अनामनगर थापाथली, त्रिपुरेश्वर, पुतलीसडकलगायतका क्षेत्रमा दिनभर सवारी साधनको जाम लाग्ने गरेको छ।
सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरु शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन्। तर सरकारले अझैसम्म कुनै चासो देखाएको छैन । महासंघले सरकारलाई २४ बुँदे माग बुझाइसकेको छ । तर यसबारे सरकारले शुक्रबार दिउँसोसम्म कुनै प्रतिक्रिया जनाएको छैन । शिक्षकहरूले सरकारसँग वार्ता र सडक आन्दोलन दुवै एक साथ अद्दि बढाउने निर्णय गरेका छन् ।
तीन दिनअघि सरकार र शिक्षकहरूबीच सिंहदरबारमा वार्ता भएको थियो । तर कुनै निष्कर्षमा पुग्न सकेन । सरकार र शिक्षकका प्रतिनिधि आआफ्नै अडानमा कायम देखिए । सरकारी विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा निजी विद्यालयहरूमा भने विद्यार्थी भर्नादर बढ्न थालेको समाचार आएका छन् ।
प्रतिक्रिया