काठमाडौं, चैत ३० – नयाँ वर्ष २०८२ को उपलक्ष्यमा चैत २९ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पिताम्बर’ ले शुक्रवारको उत्साहजनक ओपनिङसहित नेपाली चलचित्र बजारमा पुनः जीवन थपेको देखिएको छ।
देशभर प्रदर्शनमा आएको यो मल्टीस्टारर फिल्मले पहिलो दिनमै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै बलियो माउथ पब्लिसिटी निर्माण गरेको छ। शुक्रवार ‘हाइ अकुपेन्सी’मा चलेको चलचित्रले शनिवार बिहानैदेखि हलहरूमा दर्शकको उल्लेखनीय भीड तानेको छ।
कीर्तिपुर सिनेप्लेक्स, बिग मुभीज, लबिम मल, बिएसआर गंगबु, सिटी स्क्वायर, क्युएफएक्स भक्तपुर, केएल टावर लगायत देशभरका अधिकांश हलहरूमा दर्शकको चाप लगातार बढ्दो देखिएको छ।
निर्देशक कृषा चौलागाईंले चलचित्रप्रति पहिले नै विश्वास रहेपनि दर्शकको सकारात्मक प्रतिक्रियाले अझै ठूलो उत्साह मिलेको बताइन्। “हामीले आशा गरेजस्तै ओपनिङ भएको छ, दर्शकको माया पाउँदा झनै हौसला मिलेको छ,” निर्देशक चौलागाईंको जानकारी दिएकी छिन् ।
प्रदीप खड्का र दिव्या रायमाझी लगायत चलचित्रका प्रमुख कलाकारहरूले पनि ‘पिताम्बर’ दर्शकले रुचाएकोमा खुसी व्यक्त गरेका छन्। अनुप विक्रम शाही, प्रमोद अग्रहरी, दिव्यदेव पन्त लगायतका कलाकारहरूले दर्शकको उत्साहजनक उपस्थिति र प्रेमले आफूहरू निकै उत्साहित भएको बताए
प्रतिक्रिया