शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘पिताम्बर’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । फिल्म हेरेका दर्शकले यसको तारिफ पनि गरिरहेका छन् । फिल्मको चर्चा भइरहँदा यसको प्रिक्वेल समेत बनाउने तयारी निर्माणपक्षको छ ।
फिल्मकी निर्देशक कृषा चौलागाइले यसको प्रिक्वेल अझै सशक्त बनाउने बताएकी छिन् । फिल्मबाट निकै नै राम्रो प्रतिक्रिया पाएकी कृषाले भनिन्–‘मलाई अझै उत्कृष्ट फिल्म बनाउन मन छ । यसका लागि अझै मिहिनेत गर्नेछु ।’
कृषाले फिल्मको प्रिक्वेल र सिक्वेल दर्शकमाझ चाडै आउने बताएपनि कहिले आउँछ ठ्याक्कै भनिन् । उनले अगाडि भनिन्–‘मैले अझै धेरै गर्नुछ र गर्न चाहन्छु । म अझै गर्न सक्छु भन्ने लागेको छ । सबैले साथ दिनुहोला ।’
कृषाले फिल्म निर्माणको समयमा आफूलाई धेरै कलाकारहरु भएकाले फिल्म विग्रन सक्छ भनेर धेरै सुझाव पाएको बताउँदै भनिन्–‘पिताम्बर भन्दा माथिको प्रिक्वेल छ र त्यो भन्दा माथिको सिक्वेल बन्छ । यसैले म चुक्नु हुँदैन । म चुकेँ भने मैले धेरै ठुलो गल्ती गर्छु । यसैले, अबको ब्याटल हेर्दा दर्शकहरुलाई अझै मज्जा आउँछ ।’
प्रतिक्रिया