‘सिटामोल’ साउन २३ मा आउने, सौगात र वेनिशाको यस्तो अवतार



साउनको २३ गते अर्को एक फिल्म पनि रिलिजमा आउने भएको छ । यसअघि यो मितिमा फिल्म ‘मोहर’ रिलिजमा आउने पक्का भइसकेको थियो । अब, यो मितिमा फिल्म ‘सिटामोल’ पनि रिलिजमा आउनेछ ।

फिल्मको सार्वजनिक फस्टलुकमा नायक सौगात मल्ल र नायिका बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । जहाँ, सौगात बैशाखी टेकेर उभिएका छन् भने बेनिशा उनकै छेउमा प्रशन्न मुद्रामा छिन् । फिल्ममा यी दुई श्रीमान् श्रीमतीको भूमिकामा रहेको वुझ्न सकिन्छ ।

माओवादी जनयुद्धको कथा यो फिल्मले उठाएको छ । फिल्ममा सौगातले जनयुद्धमा घाइते भएको एक व्यक्तिको भूमिकामा काम गरेको वुझिएको छ । फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

तुल्सीदेवी फिल्म प्रालिले जुनतारा फिल्मस्सँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो । प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले मिलेर लेखेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशीको लगानी छ ।

अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहेको फिल्ममा गंगाराम श्रेष्ठ सह–निर्माताको रुपमा छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको एक्सन, राकेश दाहालको पोस्टर, दिव्य सुवेदीको छायांकन फिल्ममा छ ।