फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरिएको छ । याम शेर्पाले यो फिल्मको निर्देशन गर्दैछन् । यामले यसअघि गतवर्ष फिल्म ‘कार्साङ्ग’को निर्देशन गरेका थिए । यार्सा फिल्मस्को प्रस्तुतिमा तयार हुने यो फिल्मले ग्रामिण परिवेशको कथा भन्छ ।
सार्वजनिक थिम पोस्टरमा महिला र पुरुष छन् । उनीहरु मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएको देखिन्छ । फिल्ममा याम शेर्पाको कथा रहनेछ ।
निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । फिल्मका कोही पनि कलाकारहरुको बारेमा जानकारी गराइएको छैन ।
एकपछि अर्को रुपमा कलाकारहरुको बारेमा जानकारी दिने निर्माणपक्षले बताएको छ । सामाजिक कथावस्तुमा यो फिल्म निर्माण हुने बताइएको छ । यसपटक, अघिल्लो फिल्मको कमिकमजोरीलाई सुधार गर्दै फिल्म बनाउने निर्देशक यामको भनाई छ ।
प्रतिक्रिया