गतबर्षको ब्लकबस्टर फिल्म ‘छक्का पन्जा ५’ एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट यो फिल्म एमएसएम एपमा रिलिज गरिएको हो ।
नयाँ नयाँ नेपाली फिल्म हलमा आएको केही महिनामै दर्शकहरुले यो एपमा हेर्न पाइरहेका छन् । अब, दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ५’ पनि दर्शकले एमएसएम एपमा हेर्न पाउनेछन् ।
यो फिल्मले गतबर्ष बक्स अफिसमा १५ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मलाई दर्शकले एमएसएम एपमा पनि रुचाउने विश्वास गरिएको छ । नेपाली ओटीटीको बजारमा एमएसएप एप सर्वाधिक लोकप्रिय छ ।
प्रतिक्रिया