पल शाहको लगानीमा ‘यानीमाया’ निर्माण हुने



नायक पल शाह अब फिल्म निर्माणमा अगाडि आएका छन् । नायक पल शाहको लगानीमा बन्न लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ । यो फिल्मको आज नयाँ वर्षको अवसर पारेर निर्माणको घोषणा गरिएको हो ।

पल शाह फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो । यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

फ्यामिली ड्रामा कथामा आधारित रहेर यो फिल्म बन्नेछ । फिल्मको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।

विकासले लेखेका तीन फिल्म पनि सामाजिक कथावस्तुमै तयार भएका थिए । उनले, आफ्नै स्टाइलको फिल्म बनाउन लागेको जानकारी दिए ।

नायक पल शाहले पनि पल शाह फिल्मस्लाई दर्शकहरुले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए । उनले, फिल्म निर्माणमा पनि दर्शकहरुबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

यो फिल्मको छायांकन असारबाट सुरु हुनेछ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन । निर्माणपक्षले फिल्मको बारेमा अन्य जानकारी एकपछि अर्को रुपमा दिदै जाने बताएको छ ।