काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा नेपाल शिक्षक महासंघले उठाएका मागको विषयमा पनि मन्त्रिपरिषदमा छलफल भएको थियो ।
अहिले एसइईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शन कार्यक्रम स्थगन गरी आ-आफ्नो कार्यथलो फर्किन सरकारले शिक्षकहरूसँग अनुरोध गरेको छ।
प्रतिक्रिया