काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् अधिवेशन बोलाइएको हो । सामान्यतः बर्खे अधिवेशन बजेट अधिवेशन हो ।
आगामी जेठ १५ गते संसदबाट नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सोही कारणले अबको दुवै सदनमा प्रिबजेटमाथि छलफल प्रारम्भ हुन्छ । तर यसपटक भने शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले बजेट अधिवेशनमा शिक्षा ऐन पास गर्ने भएको छ ।
प्रतिक्रिया