काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार दिउँसो ३ बजे केन्द्रीय मुख्यालय वनस्थलीमा बस्नेगरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्। रास्वपाले आगामी महाधिवेशन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ तथा समसामयिक घटनाक्रममाथि गहिरो छलफल हुने छ । साथै, महाधिवेशनको कार्यतालिका, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, संगठन सबलीकरण तथा प्रशिक्षण कार्यक्रमको विशेष प्रस्तुति पनि बैठकको एजेन्डामा समावेश गरिएको छ ।
रास्वपाले पार्टीभित्रको सांगठनिक संरचना मजबुत बनाउन र जनतामाझको उपस्थिति अझ प्रभावकारी बनाउने रणनीति अन्तर्गत यी कार्यक्रम अघि सारेको जनाएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवलको इजलासबाट कारागार चलान भएपछि रास्वपाले संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ । रास्वपाले चाँडै विभिन्न भ्रातृसंस्था गठन गरेर संगठन विस्तार गर्ने तयारी गरेको छ । रास्वपाले अहिलेसम्म एउटा पनि भ्रातृसंस्था गठन गरेको छैन ।
प्रतिक्रिया