फिल्म ‘नरसिंहाः अवतार’को गीत रिलिज कार्यक्रममा एकसाथ भेट भएका संगीतकार शम्भुजित वास्कोटा र नायक राजेश हमाल खुबै गफिए ।
राजेश हमालले अभिनय गरेको डेब्यू फिल्म ‘युगदेखि युगसम्म’मा पनि शम्भुजितले नै संगीत भरेका थिए । अब, हमालको ८ वर्षपछिको कमब्याक फिल्ममा पनि उनै वास्कोटाको संगीत छ ।
आज आयोजित पत्रकार सम्मेलनमा शम्भुजितले भने–‘देश, संकृति, भाषा कहिल्यै पुरानो हुँदैन । नायक, महानायक पनि कहिल्यै पुरानो हुँदैन ।’
हमालले यसो भनेपछि राजेश हमालले भने–‘अनि संगीतकार पनि भन्देउ न ।’ राजेश हमालले संगीतकार पनि कहिले पुरानो नहुने तर्क गरे ।
राजेश र शम्भुजितको यो वार्तालाप रोचक छ । नायक हमाल फिल्म ‘नरसिंहाः अवतार’लाई लिएर निकै नै उत्साहित छन् । किनकी, ८ वर्षपछि पर्दामा फर्किदा उनले रोजेको कथालाई दर्शकले मन पराउन आवश्यक छ । हमाल यसमा आत्मविश्वासी देखिएका छन् ।
प्रतिक्रिया