नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको २ वटा फिल्म रिलिज भए । फिल्म ‘एक्टर र पिताम्बर’ रिलिज भइसक्दा दिव्याको स्थान कस्तो बन्यो भन्ने प्रश्न उठेको छ ।
पहिलो फिल्म ‘एक्टर’ बक्स अफिसमा असफल भयो । यो फिल्म नचलेपनि दिव्याको कामको तारिफ हुनुपर्ने हो । तर, भएन । दिव्याको करिअरलाई डेब्यू फिल्मले कही कतै पनि फाइदा दिएन । उनले, यो फिल्मबाट किन डेब्यू गरिन् भन्ने प्रश्न धेरैले सोझाएका छन् ।
अब, उनको अर्को फिल्म ‘पिताम्बर’ हलमा लागिरहेको छ । यो फिल्म रिलिज भइसकेपछि पनि दिव्याको चर्चा छैन । क्रेडिट सबै अरुले लिएका छन् । फिल्मको प्रचारदेखि हलमा दिव्या दौडधुप गरिरहेकी छिन् । तर, उनको नाम कही कतै पनि छैन ।
दिव्याले अर्को फिल्म ‘माया प्रिती’ पनि साइन त गरेकी छिन् । तर, रिलिज भएका दुबै फिल्ममा चर्चा नहुँदा उनलाई तेश्रो फिल्मसम्म कुर्नुपर्ने अवस्था छ ।
दिव्याको ‘पिताम्बर’मा संझनलायक भूमिका छैन । यो फिल्ममा सुरुवातमा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको थियो । तर, आँचलले नभ्याएपछि दिव्या यो फिल्ममा भित्रिएकी थिइन् ।
दिव्याको अभिनय, उनको भूमिकाले दर्शकको ध्यान खिच्न सकेन । यसैले, डेब्यू वर्ष नै दिव्याका लागि सुखद बन्न सकेन । के दिव्याले आफूलाई यो वर्ष बलियो तरिकाले उभ्याउन सक्लिन् त ?
प्रतिक्रिया