फागुनको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘लाज शरणम्’ले देशका विभिन्न १३ वटा हलमा आज ५१ दिन पुरा गरेको छ । कमजोर वर्ड अफ माउथका वावजुत पनि फिल्म ५१ दिनसम्म चलेको हो ।
फिल्मले नेपालमा ४ करोड ५२ लाखको ग्रस कलेक्शन गरिसकेको छ । विदेश अधिकार, डिटिजल अधिकारबाट आएको रकम हेर्दा फिल्मले लगानी सुरक्षित गरेको दाबी निर्माता नविन श्रेष्ठको छ ।
जेपीटी क्रियशनको व्यानरमा निर्माण भएको फिल्म ‘लाज शरणम्’ले क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, किर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सिनेमाको साथमा झापाको विर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डीम्याक्स, वुटवलमा रहेको आइएनआई सिनेमाजमा ५१ दिन मनाएको हो ।
फिल्मका निर्माता श्रेष्ठले उच्च अकुपेन्सीका साथ फिल्म चलिरहेको र ५१ दिनसम्म दर्शकको साथ पाउँदा निकै नै खुशी लागेको बताए । यो फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मले कर्णालीको कथालाई उठान गरेको छ । सुदिप बरालको छायांकन रहेको फिल्मका सह–निर्माता राम नरेश शाह र सिर्जना खड्का हुन् ।
प्रतिक्रिया