वैशाखको ८ गते एक जना मिस नेपाल वैवाहिक जीवनमा बाँधिने पक्का भएको छ । पूर्व मिस नेपाल तथा मोडल अस्मी श्रेष्ठले सोमबार बिहे गर्न लागेकी हुन् । उनले, आफ्ना प्रेमी सशांकलाल श्रेष्ठसँग बिहे गर्न लागेकी हुन् । सामाजिक संजालबाट उनले परिवारको आर्शिवाद र मायाले वैवाहिक जीवनमा बाँधिन लागेको बताएकी छिन् ।
अस्मीले आफ्ना प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरिसकेकी छिन् । अमेरिकाको न्यूयोर्कमा उनीहरुले वि.सं २०८० साल पुस २० गते इन्गेजमेन्टे गरेका थिए ।
बिहेको जानकारी गराएसँगै सामाजिक संजालमा उनीहरुलाई वधाइको ओइरो लागेको छ । अस्मी सामाजिक काम, पोडकास्ट संचालन र विभिन्न व्यवसायमा व्यस्त छिन्
प्रतिक्रिया