सुनको भाउ उच्च मूल्यबाट आठ सय रुपैयाँले घट्यो, चाँदी स्थिर


काठमाडौँ — आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर अहिले १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजोमात्रै सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेर तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार चाँदी हिजोकै मूल्यमा, अर्थात् तोलाको १ हजार ९ सय ६० रुपैयाँमै किनबेच भइरहेको छ।