टिकटकर ‘मिस पबी’ले फिल्म ‘माग्ने राजा’मा काम गरिन् । यो फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गर्दा उनी खुशी पनि थिइन् ।
तर, काम गर्दै जाँदा टिकटक बनाउन जस्तो सजिलो नहुने रहेछ भन्ने उनले वुझिन् होला ।
यो फिल्ममा उनी पत्रकारको भूमिकामा देखिएकी छिन् । तर, उनका लागि जति भूमिका लेखकले लेखेका थिए, त्यती भूमिका नै उनले गर्न सकिनन् । निर्देशक ऋषि लामिछानेले पनि उनलाई अभिनय गराउन सकेनन् ।
अब, फिल्मबाट उनको सबै भूमिका काट्ने कुरा पनि भएन । यसपछि, निर्देशकले अर्की एक संचारकर्मीलाई राखेर बाँकी भूमिका पुरा गरे । ‘मिस पबी’ले पनि गर्न सक्दिनँ भनेर हार नै खाएको वुझिएको छ ।
उनको छायांकन भएको भूमिका राखेर उनले नै गर्ने भनेको बाँकी दृश्य अर्की एक पत्रकारलाई राखेर खिचाइएको छ ।
टिकटकमा लिप्सिङ गरेर आएकी ‘मिस पबी’ले ‘कमेडी दरबार’मा काम पनि गरिरहेकी छिन् । तर, फिल्ममा भने उनका लागि पहिलो गाँसमै ढुंगा लागे जस्तो भएको छ ।
अब, अभिनयमा मिहिनेत गरिनन् भने उनका लागि फिल्मी यात्रा गाह्रो पर्ने देखिएको छ ।
प्रतिक्रिया