फिल्म ‘नरसिंहाः अवतार’की नायिका नीति शाहले बिहे गरेकी छिन् । जिल्ला अदालत काठमाडौंमा उनीहरुले कानुनी बिबाह गरेको वुझिएको छ । नीतिले प्रेमी याचित शमशेर जबरासँग कानुनी बिबाह गरेकी हुन् । शुक्रबार यी दुइले बिहे गरेको खबर बाहिरिएको छ ।
न्यायाधीश दिनबन्धु पोखरेलको इजलासमा उनको विवाह भएको वुझिएको छ । नीति र यचितले बिहेको प्रमाणपत्र भने लिन बाँकी छ ।
नीतिले याचितसँगका तस्वीरहरु केही समयदेखि शेयर गर्दै आएकी छिन् । तर, सार्वजनिक रुपमा उनले आफू प्रेममा रहेको बताएकी थिइनन् ।
नायिका शाह अभिनित फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ । नीति यो फिल्मको प्रचारमा पनि व्यस्त छिन् ।
‘मिस नेपाल इन्टरटनेशनल २०१७’ कि विजेता नीतिले ‘खजुरे ब्रो’ फिल्मबाट डेब्यू गरेकी थिइन् । उनी अभिनित फिल्म ‘ज्वाइँ साब’ गतबर्ष रिलिजमा आएको थियो ।
प्रतिक्रिया