कक्षा १२ को परीक्षा स्थगित भन्दै कसले फैलायो भ्रामक सूचना ?


काठमाडौं । आगामी वैशाख ११ देखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै शुक्रबार दिउँसोदेखि सामाजिक सञ्जालमा एउटा सूचना भाइरल भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा जारी उक्त ‘सूचना’ मा शिक्षक आन्दोलनकै कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ । धेरैले मिडियाले यसलाई आधार बनाएर समाचार प्रकाशन र प्रसारित पनि गरेका छन् ।

मिडियाबाटै समाचार आउन थालेपछि राष्टिय परीषा बोर्डले तत्काल यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । बोर्डले परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारेमा कुनै निर्णय नगरिएको प्रस्ट पारेका छन् । यसरी भ्रामक सूचना फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन शर्माले कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् । १७ दिनदेखि नेपाल शिक्षक महासंघ काठमाडौं केन्द्रित आन्दोलनमा भएकाले कक्षा १२ को परीक्षा र एसइईको उत्तरपुस्तिक परीक्षण प्रभावित बन्न पुगेको छ ।