सचिन बिमलीको आवाजमा रहेको ‘भुन्टी मायालु’ को भिडियो सार्वजनिक भएको छ। गायन, संगीत तथा शब्द सिर्जनामा सचिन बिमाली को योगदान रहेको यस गीतले श्रोतामाझ उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
गीतको संगीत संयोजन मनाशी किरण द्वारा गरिएको हो भने, रेकर्डिङ फील स्टुडियो मा गरिएको हो। गीतको मिक्सिङ र मास्टरिङ अनुभवी साउण्ड इन्जिनियर कुमार केसी ले गरेका छन्।
भिडियोतर्फ, निर्देशन तथा छायांकनको जिम्मा रिन्कु सापकोटा ले सम्हालेका छन्। भिडियो सम्पादन समेत रिन्कु सापकोटाले नै गरेका हुन्। भिडियोमा मोडलका रूपमा सचिन बिमाली र बिनिता पोखरेल को अभिनय देख्न सकिन्छ।
सुनौलो प्रस्तुतिको साथमा, यो नयाँ गीत नेपाली संगीत बजारमा सकारात्मक चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
(भिडियो )
प्रतिक्रिया