काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ। गत साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णयअनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने भएको हो।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतको रिहाइको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले पूर्वनिर्धारित घोषणाअनुसार निषेधाज्ञा तोड्ने जनाएका छन् । उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै नडराउन आग्रह गरेका छन् । आज राप्रपाले गर्ने प्रदर्शन भनेकोस् भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ,’ उनले भनेका छन् ।
गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राजधानीमा प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा लन्च मिटिङ गरेका छन् । शनिबार राति उनीहरूले पूर्वराजासँग मन्त्रणा लिएका हुन् ।
राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए । चैत १५ गतेको तीनकुने प्रदर्शनअघि पनि पूर्वराजा शाहले दुर्गा प्रसाईलाई निर्मल निवासमा भेटेका थिए । त्यसपछि तीनकुनेमा उत्पात मच्चिएको थियो ।
आइतबार पनि नयाँ बानेश्वरमा राप्रपाको प्रदर्शनमा उत्पात मच्चाउन निर्मल निवासले योजनाबद्ध रणनीति बनाएको स्रोतले जनाएको छ । जसरी पनि अहिलेको व्यवस्थालाई खल्बल्याएर आफ्नो स्वार्थ पूरा गर्ने ध्याउन्नमा निर्मल निवास लागेको कांग्रेस, एमालेको बुझाइ छ । सोही कारण शिक्षकहरूले बिहान ९ देखि १२ बजेसम्म मात्र प्रदर्शन गर्ने भएका छन् ।
प्रतिक्रिया