यस्तो छ ‘महाभोज’को पोस्टर ?



हिमाल कडरियाको निर्माणमा तयार भएको फिल्म ‘महाभोज’ जेठको १५ गतेबाट रिलिजमा आउँदैछ । मल्टिस्टारर यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने विश्वास गरिएको छ । यसको निर्माणपक्षले आज २ वटा पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महतलाई देख्न सकिन्छ । पोस्टरमा पैसालाई समेत समावेश गरिएको छ । फिल्मले राजनीतिक र सामाजिक कथालाई चित्रण गरेको निर्माणपक्षले बताएको छ । यस्तै, अर्को एक पोस्टर ग्रामिण परिवेशमा आधारित छ ।

पोस्टरमा वसुन्धरा भुषाल, वुद्दि तामाङ र कमलमणि नेपाललाई पनि स्थान दिइएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्मले दर्शकलाई सोच्न वाध्य बनाउने दाबी गरिएको छ । समाजमा भइरहेका विभिन्न घटना र यसले जनताको जीवनमा कस्तो असर पारेको छ भन्ने कथालाई फिल्मले देखाएको छ ।

फिल्ममा मोहन निरौला, पुस्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । विकास सुवेदीले फिल्मको कथा र पटकथा लेखेका हुन् । फिल्मको टिजर मंगलबार सार्वजनिक हुने निर्माणपक्षले बताएको छ ।