नेपाली फिल्म क्षेत्रमा नायिका उपासना सिंह ठकुरीलाई ‘लक्की’ नायिकाको रुपमा चिनिन्छ । फिल्मको सुरुवाती चरणमा एकपछि अर्को फिल्म हिट भएपछि उनी लक्की नायिकाको रुपमा चिनिएकी हुन् ।
तर, हिजोआज यी लक्की नायिकाको उपस्थितीले फिल्मलाई साथ दिन छाडेको छ । उनले, अभिनय गरेको फिल्म ‘कर्मा’ एक हप्ता पनि हलमा टिकेन । फिल्मले २५ लाख ग्रस कलेक्शन पनि गरेन ।
फिल्ममा उनले नायक विपिन कार्कीसँग जोडी बाँधेर काम गरेकी थिइन् । तर, यसपटक उपासनाको भाग्यले साथ दिएन ।
गतबर्ष उनी अभिनित फिल्म ‘खुस्मा’ले ठिकै व्यापार गरेको थियो । फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत सुपरहिट भएका कारण पनि यो फिल्मलाई फाइदा भएको थियो । तर, ‘कर्मा’ले उनलाई राहत दिन सकेन ।
यो वर्ष पनि उनका केही फिल्म रिलिज हुँदैछन् । यी फिल्मबाट उनको ‘लक्की’ नायिकाको ट्याग फर्कियोस्, हाम्रो शुभकामना ।
प्रतिक्रिया