निषेधाज्ञा तोडेको आरोपमा राप्रपा अध्यक्षसहित पक्राउ


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता र सांसद पक्राउ परेका छन् । निषेधाज्ञा तोडेको आरोपमा लिङ्देन, राप्रपा सांसद ज्ञानेन्द्र शाही, नेता बुद्धिमान तामाङ साथै सांसद दीपक सिंह पनि पक्राउ परेका छन् ।सिंहदरबारस्थित गेटबाट पक्राउ परेका हुन् ।


राप्रपाले चैत १५ गते आफ्ना नेता रवीन्द्र मिश्र, धवलशमशेर राणासहितलाई रिहाइ नगरेको भन्दै निषेधाज्ञा तोड्ने र गिरफ्तारी दिने निर्णय गरेको थियो । सोहीअनुसार राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ता सिंहदरबारस्थित गेटमा पुगेका थिए ।

प्रहरीले तत्काल उनीहरूलाई पक्राउ गरेको हो । राप्रपा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनमा उत्रेको छ ।