साँझसम्म आफ्नो नेता रिहा नभए राप्रपाले देशैभरि राँके जुलुस निकाल्ने


काठमाडौं । निषेधित क्षेत्र तोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन सकिएको छ। अध्यक्ष राजेन्द्र लिङ्ने, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपकबहादुर सिंहसहितका नेता पक्राउ परेपछि प्रदर्शनकारीहरू निषेधित क्षेत्रबाट फर्किएका छन्।

राप्रपाले आइतबार अपराह्न साढे ४ बजे कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेताहरूलाई आजै साँझसम्म रिहा नगरिए देशैभरि राँके जुलुस गरिनेछ।

राप्रपाले चैत १५ गते आफ्ना नेता रवीन्द्र मिश्र, धवलशमशेर राणासहितलाई रिहाइ नगरेको भन्दै निषेधाज्ञा तोड्ने र गिरफ्तारी दिने निर्णय गरेको थियो । राप्रपा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनमा उत्रेको छ ।