निषेधित क्षेत्र तोडेको भनेर राजेन्द्र लिङ्देनहरुले नाटक मञ्चन गरेको महेश बस्नेतको टिप्पणी


नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राप्रपाका नेताहरुले सिंहदरबारभित्र प्रदर्शन गरेर निषेधित क्षेत्र तोडेको भनेर नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् । उनले राजेन्द्र लिङ्देनहरुको नाटक आफूलाई गज्जब लागेको पनि उल्लेख गरेका छन् । बस्नेतले फेशबुकमा लेखेका छन्–

बाहिर सड्कमा शक्ति प्रदर्शन गरेर देखाउन मान्छे नाआउलान भन्ने चिन्ता ! निषेधित क्षेत्र तोडदा झडप र घाइते हुने सम्भाबना ! राजेन्द्र लिङ्देन , बुद्धिमान तामाङ्ग र ज्ञान बहादुर शाहीले सिंहदरबार भित्रै संसदीय दलको कार्यालयमा प्रदर्शन गरेर निषेधित क्षेत्र तोडे भनेर नाटक मंचन गरेर गिरफ्तारी दिएछन । यो उपाय चाही गज्जब लाग्यो । पुर्व राजा पनि खुसी , आफु पनि सुरक्षित , उपस्थित सिमित कार्यकर्ता पनि हाजिर जनायो घर गयो !