नायिका वर्षा सिवाकोटीले कलाकार जितु नेपालसँग जोडी बाँधेकी छिन् । यी दुइले एकसाथ काम गर्न लागेको फिल्म ‘कार्की साईला’को आज शुभसाइत गरिएको छ ।
फिल्मको छायांकन भने वैशाखको २० गतेबाट सुरु हुनेछ । कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभसाइत गरिएको हो । फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले शुभसाइत समारोहमा मुहुर्त सर्ट दिएका थिए । कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन् ।
भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्ममा बालकुमार राइको लगानी छ । फिल्ममा राजु किराँतीको एक्सन, बाबुल गिरीको संगीत, कमल राइको नृत्य, अजित लामिछानेको पटकथा तथा संवाद रहनेछ ।
यो फिल्ममा जितु र वर्षाको साथमा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । यो फिल्ममा जितु नेपाल भरियाको भूमिकामा देखिदैछन् । फिल्मको छायांकन धनकुटामा हुनेछ ।
फिल्मले एक भुइँ मान्छेको कथा भन्ने निर्माणपक्षले बताएको छ । नायिका सिवाकोटीसँग काम गर्न पाउँदा आफू निकै नै खुशी भएको जितुले बताए । जितुका अनुसार, उनले गाउँमा दाउरा घास गरिसकेकाले यो भूमिकामा काम गर्न उनलाई अप्ठ्यारो हुने छैन ।
प्रतिक्रिया