नेपालमा सुन तोलाको दुई लाख पुग्ने


काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

व्यवसायीका अनुसार निकट भविष्यमा नेपालमा सुन तोलाकै दुई लाख पुग्ने छ । पछिल्लो समय विश्व बजारमा देखिएको आर्थिक मन्दी, रुस–युक्रेन युद्ध, इजराइल–प्यालेस्टाइन युद्ध, अमेरिकाले विभिन्न देशमा लगाएको करका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दो छ ।

आज सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर छ। चाँदी एक तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।