यो वर्षको दशैंमा रिलिज हुने भनेर गतबर्ष नै घोषणा गरेको फिल्म ‘हरि बहादुरको जुत्ता’ अप्ठ्यारोमा परेको छ ।
दशैंमा फिल्म ‘जारी २’ पनि रिलिज गर्ने घोषणा भएपछि दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई केही समस्या भएको हो ।
विशेषगरि, विदेशी मार्केटमा ‘हरि बहादुरको जुत्ता’लाई ‘जारी’ले असर गर्ने देखिएको हो । ‘जारी २’ आउने भएपछि विदेशमा फिल्म वितरण गर्न लागेको सेभेन सिज इन्टरटेन्मेन्टले ‘हरि बहादुरको जुत्ता’को प्रदर्शन मिति सार्न भनिरहेको छ । यदि, फिल्म नसारेको खण्डमा फिल्म लिन नसक्ने तर्क सेभेन सिजको छ ।
नेपालमा पनि दशैंमा ‘बलिदान र जारी २’ रिलिज हुँदा ‘हरि बहादुरको जुत्ता’को टिमलाई असर पर्ने देखिन्छ ।
फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय छ । सरोज ओली र मोहितवंश आचार्यले यो फिल्म निर्माण गरेका हुन् । फिल्मको हाल पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।
‘जारी २’ नआउँदासम्म ‘हरि बहादुरको जुत्ता’लाई कुनै समस्या थिएन । तर, अब भने समस्या देखिएको छ ।
प्रतिक्रिया