दर्शक र माहोल बदलिएपछि आफै पनि बदलिदैछन् अनमोल



नायक अनमोल केसीले आफ्नो काम गर्ने तरिका बदल्न थालेका छन् । एक वर्षमा मुश्किलले एउटा मात्र फिल्म रिलिज गर्दै आएका अनमोललाई अब भने मुश्किल पर्न थालेको छ ।

यसैले, अनमोल केसीले आफ्नो काम गर्ने तरिका बदल्न थालेका छन् । अनमोल केसी अब फ्यानहरु भेट्न बाहिर निस्कन थालेका छन् । उनी केही दिन अगाडि मात्र सिलगुडी पुगेर आए । ७ सय दर्शकमाझ उनले साक्षात्कार गरे । यो उनको दर्शकसँग नजिक हुने शैली हो । अनमोल केही वर्षदेखि दर्शकसँग टाढिएका छन् ।

फिल्म रिलिज हुँदा मात्र दर्शकमाझ पुग्ने र अरु बेलामा मौन बस्ने अनमोल अब बदलिएका छन् । अनमोलले विदेशबाट फ्यानसँग साक्षात्कार गर्ने योजना बनाएका छन् । कतारबाट उनको यो कामको सुरुवात हुँदैछ । यसपछि, उनी जापान पनि जानेछन् ।

अनमोलको ‘होस्टेल’ हेरेका दर्शक अहिले बदलिएका छन् । नयाँ दर्शकको रोजाइमा नयाँ नयाँ कलाकार पर्न थालेका छन् ।

यसले, अनमोल आफूलाई दर्शकबाट टाढा भएको महशुश गरिरहेका छन् । यहीकारणले नै हो, अनमोल दर्शकसँग भेट्नका लागि बाहिर निस्कदैछन् ।

उनले, नेपालका दर्शकसँग भने फिल्म ‘जेरीः अन टप’को रिलिजको समयमा भेट्ने योजना बनाएका छन् ।