काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी आफ्नो पदबाट राजीनामा दिएकी छन्। बालुवाटार नजिकको एक स्रोतका अनुसार, उनले प्रधानमन्त्रीसँगको भेटमै राजीनामा पत्र बुझाएकी हुन्।
शिक्षकहरू निरन्तर सडकमा आन्दोलनरत रहेको बेला उनले राजीनामा दिएकी हुन्। लामो समयदेखि शिक्षक महासंघसँग पटक–पटक वार्ता भए पनि कुनै ठोस निष्कर्ष ननिस्कँदा शिक्षामन्त्री भट्टराई चर्को दबाबमा परेकी थिइन्।
प्रतिक्रिया