बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, शिक्षामन्त्री भट्टराई अनुपस्थित


काठमान्डौ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। तर, बैठकमा शिक्षामन्त्री विद्या भट्टराई सहभागी छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाए पनि त्यो औपचारिक रूपमा स्वीकृत भइसकेको छैन।

सूत्रका अनुसार, शिक्षकका मागप्रति प्रधानमन्त्रीले फरक धारणा राखी दबाब दिएपछि भट्टराईले राजीनामा दिने निर्णय लिएकी हुन्। शिक्षा मन्त्रालयले शिक्षकसँग सहमति खोज्न तयार पारेको सातबुँदे प्रस्ताव आजकै बैठकमा पेश गरिने बताइएको छ।