वसन्तको ‘पाँच पाण्डव’मा धुर्मुस–सुन्तलीको जोडी



फिल्म ‘सेन्टी भाइरस’मा एकसाथ काम गरेपछि हिट जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले नयाँ फिल्ममा काम गरेको छैन । तर, अब उनीहरु एकसाथ फिल्ममा देखिने भएका छन् ।

उनीहरुले काम गर्न लागेको नयाँ फिल्म ‘पाँच पाण्डव’को घोषणा गरेको छ । फिल्ममा कल्याणी साखको लगानी रहने बताइएको छ ।

काली रानी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई ३ करोड माथिको बजेटमा बनाउने तयारी छ ।

फिल्ममा सिताराम र कुञ्जना बाहेक अरु कलाकार फाइनल गरिएको छैन । वुझिएअनुसार, फिल्मका लागि अन्य केही चल्तीका कलाकारहरुलाई पनि अफर गरिएको छ । तर, साइन नभइसकेकाले निर्माणपक्षले अरुको नाम खुलाएको छैन ।

वसन्तले गतबर्ष फिल्म ‘ज्वाइँ साब’को निर्देशन गरेका थिए ।