गतबर्षको चैत्रमा रिलिज भएको फिल्म ‘पिताम्बर’ हलमा लागिरहेको छ । फिल्म दोस्रो सातामा चलिरहेको छ । तर, अब यसको निर्माण टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ ।
फिल्मको नाम र अन्य कुरा केही पनि बताइएको छैन । तर, फिल्मलाई भने यो वर्षको फागुनमा रिलिज गर्ने घोषणा गरिएको छ ।
कृषा चौलागाइको निर्देशनमा बन्ने नयाँ फिल्म कस्तो हुनेछ भन्ने पनि खुलेको छैन । कृषाले फागुनमा नयाँ कथामा फिल्म बनाउँछिन् या ‘पिताम्बर’को सिक्वेलमा काम गर्छिन्, त्यो पनि खुलेको छैन ।
सार्वजनिक नयाँ तस्वीरमा कृषा, छायांकार पुरुषोत्तम प्रधान र वितरक रोहित कट्टेल छन् । उनले, यो वर्षको फागुनमा भेटौंला भन्दै दर्शकलाई सरप्राइज दिएका छन् ।
विशेष श्रोतका अनुसार, कृषाले नयाँ कथामा काम गर्ने तयारी गरेकी छिन् । संभवत, नयाँ कथामा बन्न लागेको फिल्मलाई फागुनमा रिलिज गर्न लागिएको हो ।
फिल्म ‘पिताम्बर’बाट कृषाको तारिफ पनि निकै भयो । उनले, यो फिल्मबाट आफूलाई सबल निर्देशकको रुपमा पुष्टि पनि गरिन् । यसैले, उनको नयाँ फिल्म दर्शकहरुका लागि प्रतिक्षामा रहने देखिन्छ ।
प्रतिक्रिया