सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि ५ रुपैयाँले सस्तो


काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ७,५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ। मंगलबार उक्त सुनको मूल्य तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ थियो।

त्यसअनुसार बुधबार १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। मंगलबार तोलामा १,९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर बुधबार १,९६५ रुपैयाँमा झरेको छ।