नयाँ दिल्ली — जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीले विमानस्थलमै आक्रमणको विस्तृत जानकारी लिएका छन्।
आक्रमणको गम्भीरतालाई ध्यानमा राख्दै भारतमा उच्चस्तरीय सुरक्षा समितिको आपतकालीन बैठक बोलाइएको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार, पहलगाममा भएको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। मृतकमध्ये २२ जना भारतीय पर्यटक, २ जना स्थानीय बासिन्दा तथा २ जना विदेशी नागरिक रहेको जनाइएको छ।
विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेको पुष्टि भएको छ। घटनामा कैयौं घाइते भएका छन्, जसको उपचार भइरहेको छ। यस आक्रमणको जिम्मेवारी पाकिस्तानमा आधारित आतङ्कवादी समूह लश्कर–ए–तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ (TRF) ले लिएको बताइएको छ।
प्रतिक्रिया