फिल्म ‘के घर के डेराः घर नम्बर २’ जेठको २ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । अब, यसको निर्माणपक्षले यो फिल्मको ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको छ ।
रिकेश गुरुङको स्वर रहेको यो गीतमा राम अविरल बिष्टको शब्द, एसडी योगीको संगीत छ ।
गीतको लिरिकल भिडियोमा प्रेम जोडीको सम्बन्ध देखाइएको छ । जहाँ, फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीलाई देखाइएको छ ।
भिडियोमा उपासना र खगेन्द्रको एक अर्कासँगको प्रेम र आकर्षणलाई देख्न सकिन्छ । सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मलाई वुद्दि सागरले लेखेका हुन् ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्ममा निश्चल बस्नेत, उपासना सिंह ठकुरी, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरुको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई कृष्णबहादुर थापाको छायांकन छ । फिल्ममा नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महर्जनको लगानी रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
प्रतिक्रिया