लोकप्रिय ओटीटी प्लेटफर्म एमएसएम एपमा नयाँ नयाँ नेपाली फिल्महरु सार्वजनिक भइरहेका छन् । नयाँ वर्षको दिनबाट फिल्म ‘छक्का पन्जा ५’ यो एपमा सार्वजनिक भइसकेको छ ।
अब, आमाको मुख हेर्ने दिनबाट वेव सिरिज ‘घर बट इन अमेरिका’ पनि प्रशारण हुने भएको छ ।
विमलेश अधिकारीको निर्देशनमा विमलेश र अरुणिमा लम्सालको मुख्य भूमिका रहेको यो वेव सिरिज १२ भागको छ । दर्शकले एकैसाथ १२ भाग हेर्न सक्नेछन् ।
अब, यो एपमा फिल्म ‘१२ गाउँ र ज्वाइँ साब’ पनि प्रशारण गर्ने तयारीमा रहेको वुझिएको छ । दर्शकहरुले हलमा रुचाएका यी दुई फिल्मलाई एपमा पनि रुचाइने विश्वास छ ।
नेपाली दर्शकले घरमै बसेर टीभी, मोबाइल, ट्याब लगायतका संचार साधनमा एमएसएम एप डाउनलोड गरेर नयाँ नयाँ नेपाली फिल्म हेर्न सक्नेछन् । यो एपमा गतबर्ष रिलिज भएका अधिकांश फिल्महरु सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया