काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १७ गते पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो । बैठकमा चार एजेन्डा तय पनि भएको थियो । तर पार्टी सभापति शेरबहादुर देउवा सपरिवार थाइल्यान्ड उठेपछि कांग्रेस बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
कांग्रेस विधानमा हरेक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । तर सभापति देउवाको स्वास्थ्य फलोअप जारी रहेकाले केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने टुुंगो छैन । स्रोतका अनुसार देउवा बैंकक जति लामो समय बस्नेछन्, त्यति नयाँ राजनीतिक घटनाक्रमको सम्भावना बढ्दो छ । एमालेले पनि देउवाको बैंकक बसाइलाई चासोपूर्वक हेरिरहेको छ ।
नेपालमा वैशाखभित्रै नयाँ सत्ता समीकरण बन्ने चर्चा चलिरहेकाले देउवाको थाइल्यान्ड भ्रमणलाई एमालेले चासो राखेको हो । कांग्रेसमै पनि देउवाको बैंककमा स्वास्थ्य उपचार फलोअपलाई संशय साथ हेर्न थालिएको छ ।
प्रतिक्रिया