काठमाडौं । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डगी) ले नेपालमा सञ्चालित अमेरिकी सहायता परियोजना (एमसीसी) बन्द गर्ने निर्णय लिएको छ ।
एमसिसी परियोजनाअन्तर्गत नेपालमा पनि सडक र ऊर्जा क्षेत्रमा परियोजना सञ्चालन माथियो । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको यो कदमसँगै नेपालमा सञ्चालित एमसीसीअन्तर्गतका परियोजनाहरू पनि रोकिने छन् । अमेरिकी समाचार संस्था सीएनएनले जनाएअनुसार डगीले सबै कर्मचारीलाई एक इमेल पठाएको छ । जसमा एमसीसी अनुदान बन्द हुने उल्लखे छ ।
यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धेरै परियोजना बन्द गर्ने निर्णय भएको थियो ।
त्यसबेलै एमसिसी पनि बन्द हुने बताइएको थियो । तर पछि पुनः सञ्चालन भएको थियो ।अब भने पूर्णरूपमा एमसिसी बन्द हुने भएको छ । अब एमसिसीका सबै परियोजनामा नेपाल आफैंले लगानी गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
प्रतिक्रिया