काठमाडौं । बिहीबार दिउँसोदेखि सामाजिक सञ्जालमा तीन चारजना ट्राफिक प्रहरीले एक व्यक्तिलाई सडकमा लडाएर निर्घात कुटपिट गरेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा देखिएअनुसार ती व्यक्ति एकजना सवारी चालक हुन् । ट्राफिक प्रहरीले ती व्यक्तिको सवारी लाइसेन्स र ब्लुबुक फालेर हिँडेकाले उनी सवारी चालक भएको अनुमान गरिएको हो ।
भिडियो कहाँको भन्ने स्पष्ट खुलिसकेको छैन । तर कीर्तिपुर यातायात पृष्ठभूमिमा देखिएको र ट्राफिक प्रहरीले बाक्लो ज्याकेट लगाएकाले यो भिडियो अलि पुरानो नै रहेको पुष्टि हुन्छ । वरपर बाक्लो रुपमा मोटरसाइकल पनि देखिन्छन् । यो भिडिओ कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन ।
प्रहरीले भने भिडियो नै सार्वजनिक भइसकेकाले अध्ययन भइरहेको जनाएको छ । ट्राफिक प्रहरीले गरेको यस्तो व्यवहार पहिलोपटक भने हैन । बाटोमा हिँडेका सर्वसाधारणदेखि सवारी चालक ट्राफिक प्रहरीको निसाना बन्ने गरेका छन् ।
प्रतिक्रिया