फिल्म ‘माग्ने राजा’को छायांकन सकिएको छ । ४३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले बताएको छ ।
फिल्मका लागि ४५ दिनको सेड्यूल लिएर छायांकन सुरु गरिएको थियो । तर, ४३ दिनमै काम सक्न सफल भएको निर्माता मुनाल घिमिरेले जानकारी दिए ।
यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा केदार घिमिरे ‘माग्ने वुढा’ शिर्ष भूमिकामा छन् । फिल्ममा उनको साथमा आर्यन सिग्देल, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ । फिल्मको कथा सामिप्याराज तिमिल्सिनाले लेखेका हुन् ।
फिल्मको रिलिज मिति तीजमा तोकिएको छ । केदार घिमिरेले शिर्ष भूमिकामा काम गरेको फिल्म भएकाले पनि, यसले कस्तो व्यापार गर्छ भन्ने चासो सर्वत्र छ ।
प्रतिक्रिया