‘कोशेढुंगा’को फस्टलुक रिलिज, भदौ १२ गतेबाट रिलिजमा आउने



फिल्म ‘कोशेढुङ्गा’ भदौको १२ गतेबाट रिलिजमा आउने भएको छ । सार्वजनिक फस्टलुकमा नायिका सुरक्षा पन्तलाई फिचरिङ गरिएको छ । ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा सुरक्षलाई देख्न सकिन्छ । फिल्मको पोस्टरमा उनी नवविवाहित जस्तो देखिएकी छिन् ।

फिल्मका निर्देशक सरोज पौडेलले पोस्टरले केही नयाँ कुरा संकेत गरेको भन्दै विस्तारै कथावस्तुको बारेमा जानकारी दिने बताए ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाई, सिरु बिष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई महिलाप्रधान कथामा प्रस्तुत गरिएको छ ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता हुन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

सरोजले निर्देशन गरेको फिल्म ‘पुर्ण बहादुरको सारंगी’ गतबर्ष ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।