वार्तामा आउन शिक्षकहरूलाई शिक्षामन्त्री पन्तको आह्वान


काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । मन्त्री पदको शपथ लिएको भोलिपल्टै शुक्रबार मन्त्री पन्तले विज्ञप्तिमार्फत शिक्षकहरूलाई वार्तामा बस्न आह्वान गरेका हुन् ।

शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षकहरू २५ दिनेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूलाई घर फिर्ता पठाई विद्यालय सञ्चालन गर्न अन्तरिम आदेश दिएको भोलिपल्टै सरकारले शिक्षकहरूलाई औपचारिक रूपमा वार्तामा आह्वान गरेको हो ।