सोमबार र मंगलबार काठमाडौंमा वर्षा प्रक्षेपण, बढ्दो गर्मीलाई राहत हुने
काठमाडौं । बढ्दो गर्मीलाई राहत हुने नयाँ समाचार छ । हाल देशभर गर्मीले जनजीवन आक्रान्त बनेको छ । पूर्वदेखि पश्चिम क्षेत्रसम्म गर्मीले हायलकायल बनाइरहेका बेला आइतबारदेखि नयाँ मनसुन प्रणाली सक्रिय हुने भएको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायले केही दिनदेखि बढेको गर्मी र कडा घाम शनिबारसम्म कायम रहने, तर आइतबारदेखि मौसम परिवर्तन हुने जानकारी दिए । उनका अनुसार आइतबार साँझदेखि सक्रिय हुने मनसुन प्रणालीले सोमबार र मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा राम्रो वर्षा हुने छ ।
‘केही दिनदेखि बढेको गर्मी र कडा घाम शनिबारसम्म जारी रहने छ । आइतबार साँझदेखि प्रिमनसुनी प्रणाली पुनः सक्रिय हुने देखिएकाले त्यस दिन राति र भोलिपल्ट सोमबार देशको पूर्वी र मध्य क्षेत्रमा वर्षा हुने देखिन्छ । खासगरी सोमबार मुलुकको पूर्वदेखि पश्चिमको चितवन र लुम्बिनीसम्म राम्रो वर्षा हुनेछ । काठमाडौं उपत्यकामा पनि सोमबार र मंगलबार राम्रो वर्षा हुनेछ । यसले बढ्दो तापक्रम नियन्त्रण गर्न पक्कै मद्दत गर्नेछ,’ उनले भने ।
प्रतिक्रिया